हरेक MLBB खेलाडीले बनाएका 5 बहाना
आफ्नै खेलले गर्दा ranked गेम कोही पनि हार्दैन। खासमा हार्नुका पाँच कारण यी हुन्।
- lag ले गर्दा हो। सबैभन्दा पुरानो बहाना। जुनसुकै नेटमा चल्छ, फाइबरमा पनि।
- मेरा टिममेट। चारै जना, हरेक गेममा, लगातार तीन सिजनदेखि।
- Matchmaking। तिमी rank up हुनै लागेको सिस्टमले थाहा पाएर बीचमै हात हाल्यो।
- build टेस्ट गर्दै थिएँ। ranked मा। त्यो पनि rank up हुने रात।
- मेरो फोन तात्यो। कुलिङ फ्यान भोलि आइपुग्छ। त्यसको लगत्तै Mythic पनि।
आफ्नो बहाना Mika को कमेन्टमा लेख। सबैभन्दा राम्रो बहानाको छुट्टै भिडियो बन्छ।





